Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सरकारले ल्याएको अध्यादेशको विरोधमा अनेरास्ववियुद्धारा प्रदर्शन

काठमाडौं । सरकारले रेशम चौधरीलगायतलाई उन्मुक्ति दिन अध्यादेश ल्याएको भन्दै एमालेनिकट अनेरास्ववियुका विद्यार्थीले प्रदर्शन गरेका छन् ।

आज बिहान त्रिचन्द्र कलेज गेट अगाडि ब्यानर, पर्चासहित विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । सरकारले फौजदारी मुद्दाको सजाय भोगिरहेका रेशम चौधरी,मोहमद आलम लगायतलाई उन्मुक्ति दिने गरी अध्यादेश ल्याएको भन्दै विरोधप्रदर्शन गरे ।

उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा मागेका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अध्यादेशमार्फत संशोधन गर्ने निर्णय गरेको हो ।

सरकारले रेशम चौधरी लगायतका फौजदारी अभियोगको सजाय पाएका अभियुक्तहरुलाई रिहा गर्न अध्यादेश राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष पेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077