Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • स्थानीय तहमा पुन: लगत संकलन लगायत काम सुरू गर्दै भूमि आयोग

    स्थानीय तहमा पुन: लगत संकलन लगायत काम सुरू गर्दै भूमि आयोग

    अनलाइन नेपाल
  • मंगलबार, २७ मंसिर २०७९
  • 912
    SHARES

    काठमाडौं । राष्ट्रिय भूमि आयोगले विभिन्न स्थानीय तहमा लगत संकलनसम्बन्धी काम फेरि सुरू गर्ने भएको छ । निर्वाचन आचारसंहिता सकिएसँगै आयोगले स्थानीय तहमा लगत संकलनसम्बन्धी काम पुनः सुरु गर्ने भएको हो ।

    चुनावको आचारसंहिताका कारण लगत संकलन, जग्गा नापजाँच, जग्गाको निस्सा तथा जग्गा धनी प्रमाण पुर्जा वितरण रोकेको थियो ।



    निर्वाचन आयोगले सोमबारदेखि निर्वाचन आचारसंहिता निष्क्रिय भएको जानकारी गराएको थियो ।



    आयोगले अब रोकिएको लगत संकलन, जग्गा नापजाँच, जग्गाको निस्सा तथा जग्गा धनी प्रमाणपूर्जा वितरण कार्य मंसिर २८ गतेदेखि पुनः सुरु गर्ने जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार