Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • जाजरकोट जिप दुर्घटना : एकै वडाका ८ सहित १२ जनाको मृत्यु

    जाजरकोट जिप दुर्घटना : एकै वडाका ८ सहित १२ जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २७ मंसिर २०७९
  • 939
    SHARES

    फाइल तस्विर

    जाजरकोट । जिल्लाको छेडागाड नगरपालिकामा बोलेरो जिप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी एकै वडाका आठजनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा चालक भगवतीमाई गाउँपालिका–२ दैलेखका मानबहादुर रावत, सहचालक सोही पालिका वडा नं. ३ का वीरेन्द्र केसी र अम्मर खड्का छन् ।



    जारजरकोट छेडागाड नगरपालिका–५ का दीपक अधिकारी, नैनसरा अधिकारी, जैकुवरा बुढा, रामबहादुर बुढा, देवीसरा बुढा, अमर अधिकारी, निशा अधिकारीको मृत्यु भएको छ ।



    घाइते जैभान अधिकारीको उपचारका क्रम्मा सुर्खेतस्थित प्रदेश अस्पतालमा मृत्यु भएको छ । छेडागाड– ६ का वीरबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोट प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले बताए ।

    कर्णाली प्रदेश २००१च ०४२९ नम्बरको निजी जिप छेडागाड –३ जेवाबाट सोही नगरको वडा नं। ४ को लेवातर्फ जाँदै गर्दा दशेराको भिरबाट खसेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार