Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जाजरकोट जिप दुर्घटना : मृत्यु हुने ११ जनाको पहिचान खुल्यो [नामावलीसहित]

जाजरकोट । जाजरकोटमा जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ भने एकजना गम्भीर घाइते छन् ।

पश्चिम जाजरकोटको छेडागाड नगरपालिका-४ भीरबाटी भन्ने ठाँउमा कर्णाली प्रदेश ०२-००१ च ०४२९ नम्बरको बलेरो जिप दुर्घटना भएको हो ।

मृत्यु हुनेमा जीप चालक दैलेखको भगवतीमाई गाउँपालिका–२ का मानबहादुर रावत, छेडागाड नगरपालिका–६ का वीरबहादुर खत्री, छेडागाड–५ का जयकुमार बुढा, भगवतीमाई गाउँपालिका–३ का सुरेन्द्र केसी र अम्मरबहादुर खड्का रहेका छन् ।

यस्तै, छेडागाड–५ का नैसरा अधिकारी, दीपक अधिकारी, देवीसरा बुढा, अम्मर बहादुर अधिकारी, छेडागाड–६ का रामबहादुर बुढाको पनि दुर्घटनामा ज्यान गएको छ ।

यसैगरी २ वर्षीया निशा अधिकारीको उपचारका लागि नेपालगन्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।डागाड नगरपालिका–५ का जैमान अधिकारी गम्भीर घाइते भएका छन् । जिप मध्यपहाडी राजमार्गबाट दुई सय मिटर तल खसेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077