काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले मधेस प्रदेश सभामा पठाउने सात समानुपातिक सांसदको नाम टुंगो लगाएको छ ।
सोमबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले समानुपातिकतर्फ मधेस प्रदेश सभामा पठाउने सात नेताको नाम सिफारिस गरेको हाे ।
सात सिट पाएको जसपाले यसअघि १० जनाको नाम पठाएको थियो । निर्वाचन आयोगले फेरि सूची सच्याएर पठाउन भन्दै जसपालाई पत्र लेखेको थियो ।
निर्वाचन आयोगले समानुपातिकतर्फ सोमबारसम्म बन्दसूचीमा रहेको नाम सच्याउन समय दिएको छ ।
सूची
१ मनिष कुमार सुमन मधेसी पुरूष (अल्पसंख्यक)
२ विन्दु कुमारी यादव मधेसी महिला
३ शोभा देवी मधेसी महिला (अल्पसंख्यक)
४ ललिता दास दलित महिला
५ शाहिदा खातुन मुस्लिम महिला
६ किरण साह मधेसी महिला
७ ममता मंडल आ.ज. महिला