Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस नेता प्रदीप पौडेलको प्रश्न - पुरानै चलन र हिजोकै प्रवृत्तिले फरकपनको आभास कसरी हुन्छ ?

काठमाडौं । नवनिर्वाचित सांसद तथा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले सरकारले ल्याएको अध्यादेश गलत भएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत पौडेलले अध्यादेश हिजो पनि गलत भएको र आज पनि गलत भएको टिप्पणी गरेका हुन् ।

पौडेलले पुरानै चलन, हिजोकै प्रवृत्ति रहिरहने हो भने फरकपनको कसरी आभास हुन्छ भनि प्रश्न गरे।

पौडेलले लेखेका छन्, ‘अध्यादेश हिजो पनि गलत थियो, आज पनि । पुरानै चलन, हिजोकै प्रवृत्ति रहिरहने हो भने फरकपनको आभास कसरी हुन्छ ? सबै विषयहरूको उचित हल हतारोमा अध्यादेश मार्फत् होईन, नव निर्वाचित संसद मार्फत् खोजौं ।’

शेरबहादुर देउवा नेतृत्वको सरकारले रेशम चौधरीको मुद्दा फिर्ता लिने अध्यादेश ल्याउन लागेपछि कांग्रेसभित्रै विरोध भएको छ ।

नयाँ सरकार गठनका लागि गणित मिलाउन प्रधानमन्त्री देउवाले अध्यादेश ल्याउन खोजेको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077