Online Nepal
  • बिहिबार, २५ पुष २०८१
  • सुन्धाराको मूल धारा नै नष्ट गरिएको भन्दै निर्माण कार्य रोक्न बालेनले दिए निर्देशन

    सुन्धाराको मूल धारा नै नष्ट गरिएको भन्दै निर्माण कार्य रोक्न बालेनले दिए निर्देशन

    अनलाइन नेपाल
  • सोमबार, २६ मंसिर २०७९
  • 690
    SHARES

    काठमाडौं । धरहरा पुनःनिर्माणको क्रममा सुन्धारामा पानी पठाउने मूलधारामा पानी आउने पाइप नष्ट हुनेगरि डोजर चलाइएको भन्दै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले आपत्ति जनाएका छन्।

    काठमाडौंको न्यूरोडस्थित सङ्कटा क्लबमा आज बिहान आयोजित पत्रकार भेटघाटमा प्रमुख साहले सुन्धारामा निर्माण भइरहेका संरचनाको विरोध गर्नुका साथै त्यहाँ भइरहेका सम्पूर्ण निर्माण कार्य रोक्न सम्बन्धित ठेकेदारलाई अनुरोध गरेका छन्।



    साहले नेपालको मौलिक कला, संस्कृतिको नमूनाका रुपमा रहेको ऐतिहासिक सुन्धाराको संरचना पुनःनिर्माणका नाममा भत्काउन नहुने र त्यसलाई संरक्षण गरिनुपर्ने आवश्यकतामा जोड दिए।



    रमण कन्ट्रक्सन कम्पनीले सुनधाराको ठीक पछाडी ठूलो खाडल बनाइ त्यहाँ एक लाख लिटर पानी अट्ने विशाल ट्याङ्की निर्माण गर्ने क्रममा सो ऐतिहासिक संरचनाको मुख्य बस्तु (काठको लामो पाइप) नष्ट हुनगएको भन्दै आइतबार स्थानीय बासिन्दा, क्लबका प्रतिनिधि तथा वडा नं.२२ का अध्यक्षको सक्रियतामा उक्त निर्माण कार्यको विरोध भएको थियो।

    सो विरोधपछि आज प्रमुख बालेनसमेतको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा सयौं वर्ष पुरानो उक्त ऐतिहासिक संरचना भत्काउने सम्बन्धमा महानगरलाई कुनै जानकारी नभएको र त्यहाँ भएका कार्य महानगरपालिकासँग कुनै छलफल नै नगरी अगाडि बढाइएको कुरा स्पष्ट पारे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार