Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दशरथ रंगशालामा फुटबल खेल्दै मेयर बालेन

काठमाडौं । २८ औं महानगर दिवसको अवसरमा काठमाडौं महानगरपालिकाका प्रमुख र प्रशासकीय अधिकृतको टोलीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार महानगरका प्रतिनिधि र कर्मचारीको टोलीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको हो ।

दुई टोलीबीच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा प्रमुख बालेन शाहले पनि सहभागिता जनाएका थिए । एउटा टिमको नेतृत्व मेयर साह र अर्को टिमलाई प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले नेतृत्व गरेका थिए ।

प्रमुख ११ मा महानगरका विभिन्न वडाबाट निर्वाचित जनप्रतिनिधिहरु थिए । प्रशासकीय अधिकृत ११ मा चाहीँ महानगरका कर्मचारी र नगर प्रहरीहरु थिए । नगर प्रहरीका प्रमुख राजु पाण्डे पनि सो टिमबाट खेलेका थिए ।

खेलको अन्तिम नतिजामा ६:१ ले प्रमुख प्रशासकीय अधिकृत ११ ले जित्यो ।

फुटबल हेर्न उपमेयर सुनिता डंगोल समेत कार्यक्रममा उपस्थित थिइन् । उनले बाहिरै बसेर बालेनको टिमको पक्षमा हुटिङ गरिन् ।

महानगर दिवसका अवसरमा काठमाडौं महानगरपालिकाले हरेक वर्ष यस्तो मैत्रिपूर्ण फुटबल खेल आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077