Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सत्ता समिकरण निर्माणका लागि आन्तरिक गृहकार्यमा जुट्यो माओवादी, प्रचण्ड-प्रभु र देवेन्द्रबीच छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्र सत्ता समिकरण निर्माणका लागि आन्तरिक गृहकार्यमा जुटेको छ । अहिले भित्रभित्रै माओवादी केन्द्रकै नेतृत्वमा सरकार बनाउने गरी माओवादी नेताहरुले भेटघाट तीब्र पारेका हुन्।

पछिल्लो समय प्रधानमन्त्री बन्ने कसरतमा जुटेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' साना दल र स्वतन्त्र समूहलाई आफूतर्फ केन्द्रित गर्न प्रयास जारी राखेका छन्।

मंसिर १९ गते बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकले वर्तमान गठबन्धनबाट सरकार बनाउने निर्णय गरेको थियो।

सोमबार बिहान करिब एकघण्टा प्रचण्ड निवास खुमलटारमा स्वतन्त्रबाट निर्वाचित सांसद प्रभु साह, माओवादी केन्द्रकी उपमहासचिवद्वय पम्फा भुसाल र जनार्दन शर्मा, सचिव देवेन्द्र पौडेलबीच पनि सत्ता समिकरणबारे छलफल भएको छ।

एमालेले टिकट दिएपनि अन्तिम समयमा स्वतन्त्रबाट उम्मेदवारी दिएका साह सत्ता गठबन्धनको समर्थनमा निर्वाचित भएका हुन्। पछिल्लो समय साह माओवादीका नेताहरुसँग निरन्तर संवादमा रहेका छन्।

प्रचण्डले यस अगाडि जेलमा रहेका रेशम चौधरी, जनमत पार्टीका अध्यक्ष एवम् सांसद सिके राउत, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवसँग छलफल गरेका छन्।

प्रचण्डले नेकपा विवाद भएपश्चात कांग्रेसका सभापति शेरबहादुर देउवालाई आफ्नै जोडमा प्रधानमन्त्री बनाएकाले निर्वाचन पश्चात पहिलो चरणमा आफूलाई प्रधानमन्त्री बनाउन कांग्रेस नेताहरुलाई समेत आग्रह गर्दै आएका छन्।

प्रचण्डले आफू प्रधानमन्त्री बन्न लबिङ गर्न थालेपनि उनलाई प्रधानमन्त्री बन्न सकस देखिएको छ। माओवादी केन्द्रले प्रत्यक्ष र समानुपातिक गरि ३२ सिट मात्र जितेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077