काठमाडौं । नेकपा एमालेका सचिव रघुवीर महासेठ भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् ।
निर्वाचनको परिणामलगत्तै महासेठ शनिबार साँझ काठमाडौंबाट दिल्ली उडेका हुन् ।
निर्वाचनपछि नयाँ सरकार गठनको तयारी भइरहेका बेला काठमाडौंमा भारतीय र अमेरिकन राजदूतको राजनीतिक भेटघाट बढिरहेको छ ।
यही बेला एमालेका सचिव महासेठ पनि भारत पुगेका छन् । महासेठ किन दिल्ली गए भन्ने खुलाइएको छैन। उनी दिल्ली जानुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
Leave a Reply