Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कञ्चनपुरमा १७ वर्षिया किशोरीमाथि सामूहिक बलात्कार, तीन जना पक्राउ

धनगढी। कञ्चनपुरमा १७ वर्षिया किशोरी बलात्कृत भएकी छन् । जिल्लाको बेलौरी नगरपालिका स्थित कक्षा ९ मा अध्ययन गरिरहेकी किशोरीलाई बलात्कार गरेको भन्दै प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

किशोरी र परिवारजनको जाहेरीका आधारमा बेलौरीकै २० वर्षीय दीपक बोट, ३७ वर्षीय साधुराम राना र ३३ वर्षीय हरिशंकर रानालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।

पक्राउ परेका तीन जनाले किशोरीलाई फरक फरक मितिमा बलात्कार गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जना किशोरीको चिनजानको व्यक्ति हुन् ।

किशोरीलाई स्वास्थ्य परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको छ। किशोरीको महिनावारी रोकिएपछि परिवारका सदस्यहरूले घटनाबारे थाहा पाएका थिए । त्यस लगत्तै तीनै जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077