Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नुवाकोटमा बस दुर्घटना हुँदा चालकसहित २० जना घाइते

नुवाकोट । नुवाकोटको भैंसेमा शनिबार बस दुर्घटना भएको छ। पासाङल्हामु सडकमार्गअन्तर्गत विदुर नगरपालिका–१० भैंसेमा दुई वटा बस ठोकिँदा २० जना यात्रु घाइते भएका छन्।

घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर छ। घाइतेको काठमाडौंको ग्रिनसिटी लगातका अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

अन्यको नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा उपचार गरिएको छ।

बा४ख ८८२ नम्बरको बस मोड्दै गर्दा सोही दिशा बेत्रावतीबाटै आएको अर्को बस प्रदेश ३०१००५ख९३५४ नम्बरको बसले ठक्कर दिँदा दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077