Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

गण्डकीसहित तीन प्रदेश सभाका लागि कांग्रेसले टुंग्यायो समानुपातिक सांसद

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तीन वटा प्रदेशसभाको समानुपातिक सांसदको टुंगो लगाएको छ।

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको समितिको बैठकले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशसभाका लागि समानुपातिक सांसदको नाम टुंगो लगाएको हो ।

संघ र अन्य प्रदेशमा केही विवाद भएपछि त्यसलाई टुंगाउने सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीहरुसँग छलफल गरिरहेका छन्। गण्डकीमा दलित महिला तर्फ दिल माया पौ।बी, टीकाकुमारी बस्याल चयन भएका छन्।

जनजाति महिलातर्फ विमला गौचन र रेखा गुरुङ, सरस्वती गुरुङ र पार्वती तामाङलाई चयन गरिएको छ। यस्तै, खसआर्य महिलाबाट सरस्वती अर्याल तिवारी, चम्पादेवी खड्का र कल्पना तिवारी चयन भएको बैठकमा सहभागी एक पदाधिकारीले बताए।

यता कर्णालीमा दलित महिलातर्फ लक्ष्मी सुनार चयन भएकी छन्। जनजाति महिलातर्फ बलिमाय बुढा चयन हुँदा खसआर्य महिलाबाट जानकी सिंह, विजया बुढा र इन्द्रकुमारी शाही चयन भएका हुन्।

यता, सुदूरपश्चिम प्रदेशमा दलित महिलातर्फ ललिता सुनार चयन हुँदा खसआर्यबाट मधु भारती, सरस्वती खड्का, जुना दानी, डम्बरी महरा र तुलसी देवकोटा चयन भएका छन्। यस्तै थारूतर्फ गीताकुमारी चौधरी चयन भएकी छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077