Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • समानुपातिक सांसदको टुङ्गो लगाउन जसपा कार्यकारिणी समितिको​ बैठक सुरु

    समानुपातिक सांसदको टुङ्गो लगाउन जसपा कार्यकारिणी समितिको​ बैठक सुरु

    अनलाइन नेपाल
  • शनिबार, २४ मंसिर २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालको कार्यकारिणी समिति बैठक सुरु भएको छ । प्रदेश सभाको समानुपातिक सदस्य चयनलगायतको विषयमा छलफल गर्नका लागि सो बैठक बोलाइएको हो ।

    जसपाले प्रतिनिधि सभातर्फ प्रत्यक्षमा सात र समानुपातिकमा ५ गरी १२ सिट जितेको छ । त्यस्तै प्रदेश सभातर्फ मधेस प्रदेशमा नौ प्रत्यक्ष र सात समानुपातिक गरी १६, लुम्बिनी प्रदेशमा दुई प्रत्यक्ष र एक समानुपातिक गरी ३ र प्रदेश १ मा १ सिट समानुपातिक प्रतिस्पर्धाबाट ल्याएको छ ।



    यसरी प्रदेश सभातर्फ जम्मा सिट संख्या २० रहेको छ ।बैठकले प्रतिनिधि सभातर्फको पाँच समानुपातिक सिट र प्रदेश सभातर्फको नौ समानुपातिक सीटको टुङ्गो लगाउने सो पार्टीका प्रवक्ता मनिष सुमनले बताए ।



    जसपाका अध्यक्ष उपेन्द्र यादव नै चुनाव हारेका छन् । उनी सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतबाट पराजित भएका हुन् । मधेस प्रदेश र एक नम्बर प्रदेशमा केही सीटमा एमालेसँग चुनावी तालमेल गरेको जसपाले विगतको चुनावहरु भन्दा यसपटकको चुनावमा कमजोर देखिएको छ । त्यसको विषयमा पनि समीक्षा हुने स्रोतले जनाएका छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार