Online Nepal
  • बुधबार, १० पुष २०८१
  • बेरोजगारको सङ्ख्या वृद्धि

    बेरोजगारको सङ्ख्या वृद्धि

    अनलाइन नेपाल
  • शनिबार, २४ मंसिर २०७९
  • 861
    SHARES

    काठमाडौं । प्रधानमन्त्री रोजगारी कार्यक्रममा दर्ता हुने बेरोजगारको सङ्ख्या बढेको छ ।

    गत वर्षभन्दा यस वर्ष सो कार्यक्रममा दर्ता हुने बेरोजगारको सङ्ख्या एक लाख ३३ हजार बढेको हो ।



    प्रधानमन्त्री रोजगार कार्यक्रमका अनुसार गत आर्थिक वर्षको सात महिनामा प्रधानमन्त्री रोजगार कार्यक्रममा सात लाख आठ हजार २४५ जना युवा दर्ता भएकोमा चालू आर्थिक वर्षको अहिलेसम्म यो सङ्ख्या बढेर आठ लाख ४१ हजार ५०३ पुगेको हो ।



    प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय संयोजक एवं श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा सूचीकृत हुने बेरोजगारको सङ्ख्या बढेको बताए । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार