काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फका प्रदेशसभा सदस्यहरूको नाम टुंगो लगाएको छ ।
काठमाडौंमा शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले सुदूरपश्चिम, लुम्बिनी र मधेस प्रदेश सभा सदस्यहरुको नाम टुंगो लगाएको हो ।
जसअन्तर्गत मधेस प्रदेशमा रामचन्द्र चौधरी (बारा), लुम्बिनी प्रदेशमा नोरी कुमारी चौधरी (बाँके) र निर्मला कुमारी चौधरी (रुपन्देही) रहेका छन् ।
त्यस्तै सुदूरपश्चिमा प्रदेशमा पार्टी प्रवक्तासमेत रहेका दामोदर पण्डित (कैलाली) र सुनिता चौधरी (कैलाली) रहेका छन्।
रेशम चौधरी चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी राष्ट्रिय दल बन्न असफल भए पनि प्रतिनिधिसभातर्फ एक स्वतन्त्रसहित चार सिट जितेको छ । यो पार्टीले प्रत्यक्षतर्फ लुम्बिनी प्रदेशमा दुई सिट र सुदूरपश्चिम प्रदेशमा ५ सिट जितेको छ ।