Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रेशमलाई रिहा गरे सरकारमा सहभागी हुने नागरिक उन्मुक्तिको निर्णय

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग सम्बोधन भए सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

शुक्रबार अपरान्ह काठमाडौंमा बसेको पार्टीको सचिवालय बैठकले रेशमलाल चौधरीलगायतका जेलमा रहेका नेता, कार्यकर्तालाई रिहाई गरे सरकारमा सहभागी हुन सकिने निर्णय गरेको हो ।

पार्टीका महासचिव रतन थापाले रेशमसहितका नेताहरूलाई जेलबाट रिहाइ गरे आफूहरू सरकारमा सहभागी भई राष्ट्र निर्माणको अभियानमा सहभागी हुने निर्णय भएको जानकारी दिए ।

पार्टी अध्यक्ष रन्जिता श्रेष्ठसहित नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ तीन सिट जितेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077