Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

'प्रहरी हुँ' भन्दै होटल मालिकलाई धम्क्याउने दुईजना पक्राउ

अर्घाखाँची । अर्घाखाँचीमा आफूलाई प्रहरी भएको भन्दै धम्क्याउने दुईजना पक्राउ परेका छन् ।

सन्धीखर्क बसपार्कस्थित होटलहरूमा गएर प्रहरी हुँ भन्दै धम्क्याएको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा भुमिकास्थान नगरपालिका-६ खिल्जीका ३५ वर्षीय बाबुराम पौडेल र मालारानी गाउँपालिका-५ बाँगीका २० वर्षीय दीपक केसी रहेका छन् । पौडेल मंसिर ४ को निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना भएका थिए ।

बसपार्कका होटलमा जिल्ला प्रहरी कार्यालयबाट सादा पोसाकमा खटिएको भन्दै होटलमा पाहुना बसेका कति छन् भन्दै धम्क्याउने गरेकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077