काभ्रे । प्रधानसेनापति प्रभुराम शर्माले काभ्रे बनेपा नगरपालिकास्थित पेरुङ्गेडाँडामा निर्माण हुने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको विद्यार्थी आवास र पुस्तकालय भवनसहितका भौतिक पूर्वाधार निर्माणको शिलान्यास गरेका छन् ।
चालु आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा विश्वविद्यालय सञ्चालनमा ल्याइन लागेको विद्यार्थी आवास र केन्द्रीय पुस्तकालय निर्माणका लागि शिलान्यास गरिएको हो ।
विश्वविद्यालय निर्माणकार्यको सिलसिला आव २०७६/७७ बाटै प्रारम्भ भएको थियो ।
राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा सम्बन्धमा आवश्यक नीति एवं रणनीति तर्जुमा, गहन खोज, अनुसन्धान तथा विश्लेषण गरी राष्ट्रिय सुरक्षालाई सुदृढ तथा समसामयिक बनाउन योगदान दिन सक्ने जनशक्ति निर्माण गर्ने उद्देश्यले उक्त विश्वविद्यालय स्थापना गरिएको हो ।
Leave a Reply