Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महाअभियोग सिफारिस समितिको प्रतिवेदन संसदमा छलफल हुनुपर्छ : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लगाइएको महाअभियोग सिफारिस समितिको प्रतिवेदन संसदमा छलफल हुनुपर्ने बताएका छन् ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बिज्ञप्ति निकालेर यस विषयमा संसदमा छलफल हुनुपर्ने बताएका हुन् ।

महाअभियोगलाई निष्प्रभावी हुने गरी पत्र पठाएर संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जनप्रतिनिधिहरुको अधिकार अतिक्रमण गरेको ठहर केसीको छ ।

केसीले प्रतिनिधिसभा अर्थात् जनप्रतिनिधिहरुको अधिकार अतिक्रमण गरी गरिएको निर्णयको विरोध गरे।

जनमोर्चाले राणामाथि लगाइएको महाभियोगलाई निष्प्रभावी पार्ने संघीय संसद सचिवालयको कार्यका विरुद्ध सर्वोच्च अदालतको फूल बेञ्च र नेपाल वार एशोसियसनले गरेको निणर्यप्रति ऐक्यवद्धता प्रकट गरेको छ ।

जबरामाथि संसदमा दर्ता भएको महाभियोगमाथि छाबिन गर्न बनेको सिफारिस समितिको प्रतिवेदन प्रतिनिधिसभाको बैठकमा प्रस्तुत भई छलफल हुनु पर्ने पनि जनमोर्चाले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077