Online Nepal
  • बुधबार, १२ मंसिर २०८१
  • तोडियो लम्कीचुहा नगरपालिकामा लगाइएको ताला

    तोडियो लम्कीचुहा नगरपालिकामा लगाइएको ताला

    अनलाइन नेपाल
  • शुक्रबार, २३ मंसिर २०७९
  • 690
    SHARES

    धनगढी । कैलालीको लम्कीचुहा नगरपालिकामा लगाइएको ताला तोडिएको छ ।

    सरकारी सम्पत्ति दुरुपयोग गरेको लगायतका आरोप लगाउँदै नेपाल कम्युनिष्ट पार्टीले लगाएको ताला पाँच मिनेट नहुँदै फोडिएको हो ।



    प्रहरीको सहयोगमा नगरपालिकाले नै ताला फोडेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । पुराना मोटरसाइकलहरू हुँदा हुँदा नयाँ मोटरसाइकल किनेर भ्रष्ट्राचार गरेको, सार्वजनिक खरिद ऐन विपरीत काम गरेको,



    नगर प्रमुखले व्यक्तिगत फाइदाको लागि सरकारी सम्पत्ति दुरुपयोग गरेको, आवश्यकता र औचित्यहीन महँगो विलासी सवारी साधन

    खरिद गरेको र सरकारी बजेटमा ब्रमलुट मच्चाएको भन्दै नेपाल कम्युनिस्ट पार्टीले नगरपालिकाको आर्थिक प्रशासन शाखामा तालाबन्दी गरेको थियो । उनीहरूले मोटरसाइकल फिर्ता गर्न समेत चेतावनी दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार