Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रामचन्द्र र प्रचण्ड-बाबुरामबीच भेट वार्ता, प्रधानमन्त्रीमा सघाउन पौडेलको आग्रह

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड',नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई र नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलबीच वार्ता भएको हो ।

शुक्रबार नेकपा मा‌ओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा तीनै जनाबीच भेट भएको हो । भेटवार्तामा नयाँ सत्ता समीकरणका विषयमा छलफल भएको छ।

वर्तमान सत्ता गठबन्धनकै दलका नेताबीच अबको सरकार कस्तो बनाउने भन्ने विषयमा छलफल केन्द्रित भएको थियो। भेटमा क्रममा कांग्रेस नेता पौडेलले आफूलाई प्रधानमन्त्री बनाउने भूमिका खेल्न प्रचण्ड र भट्टराईसँग सहयोग मागेका छन्।

उनले छलफलका क्रममा अब कांग्रेसको संसदीय दलको नेतामा आफू पनि लड्ने बताएको स्रोतले जनाएको छ। अहिले नेपाली कांग्रेसभित्र अबको प्रधानमन्त्री को बन्ने भन्ने आन्तरिक बहस छ।

पार्टी सभापति शेरबहादुर देउवा आफैँ प्रधानमन्त्रीका दावेदार हुन् । त्यस्तै बरिष्ठ नेता पौडेल पनि प्रधानमन्त्री बन्न गृहकार्य गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077