Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अन्तर्घात गरेको भन्दै माओवादीका दुई पोलिटब्युरो सदस्यलाई कारबाहीको सिफारिस

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले गत चुनावमा अन्तर्घात गरेको आरोपमा दुई पोलिटब्युरो सदस्यहरुलाई तीनवटा नगर कमिटीले अलग-अलग कारबाहीको सिफारिस गरेको छ ।

पार्टीले गत मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै पोलिटब्युरो सदस्यहरु अचुतम काफ्ले र रामेश्वर यादवलाई कारबाहीको सिफारिस गरेको हो ।

प्रदेश र प्रतिनिधि सभा चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई जिताउने भन्दा एमालेका उम्मेदवारलाई भुमिका खेलेको भन्दै माओवादी दुई नेतालाई कारबाही सिफारिस भएको हो ।

कारबाही सिफारिस भएका काफ्ले माओवादी सर्लाही जिल्ला इन्चार्ज हुन् भने यादव पूर्व संघीय सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077