Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

व्यक्ति हत्या आरोपमा वडाध्यक्ष र पूर्ववडाध्यक्ष पक्राउ

दार्चुला । दार्चुलाको ब्यास गाउँपालिका-४ डोकटका ४० वर्षीय नरसिंह विष्ट हत्याको आरोपमा दुई जना पक्राउ परेका छन्।

दार्चुला प्रहरीले विष्टको हत्या आरोपमा वडाध्यक्ष र पूर्ववडाध्यक्ष गरी दुई जनालाई पक्राउ गरेका हो। पक्राउ पर्नेहरुमा ब्यास गाउँपालिका–४ का वडाध्यक्ष झुनसिंह विष्ट, पूर्ववडाध्यक्ष संग्रामसिंह विष्ट छन्।

मंसिर ३ गते बेपत्ता भएका नरसिंहको भोलिपल्ट घरभन्दा केही टाढाको खोल्सामा शव भेटिएको थियो। चोटपटक लागेको अवस्थामा शव भेटिएपछि हत्या भएको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

सोही क्रममा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । मतदान गरेर फर्केपछि बेपत्ता भएका नरसिंहको शव भेटिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077