काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र स्वतन्त्रबाट निर्वाचित सांसद प्रभु साहबीच भेटवार्ता भएको छ।
प्रचण्डले बिहीबार बिहान स्वतन्त्रबाट निर्वाचित सांसद प्रभु शाहलाई भेट गरेका हुन्। भेटको क्रममा अर्थमन्त्री एवम् माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा समेत सहभागी भएको खुमलटार स्रोतले जनाएको छ।
उनीहरुबीच समसामयिक राजनीतिक घटनाक्रम र भावी सरकार गठनको विषयमा छलफल भएको छ। भेटमा शाहले प्रचण्डको प्रस्तावलाई सकरात्मक रुपमा लिएका छन्।
माओवादी केन्द्रले सत्ता समीकरणमा स्वतन्त्रबाट निर्वाचित सांसद साहको साथ खोजेको छ। पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सत्ता समीकरण बलियो बनाउन स्वतन्त्र र साना दललाई साथमा लिने प्रयासरत छन् ।
तत्कालीन नेकपा विभाजन हुँदा शाह माओवादी केन्द्रमा नगई एमालेमै बसेका थिए। तर प्रतिनिधि सभाको निर्वाचनको मनोनयनको दिन अन्तिममा प्रभु शाहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए।
यस अगाडि प्रचण्डले जेलमा रहेका रेशम चौधरी, जनमत पार्टीका अध्यक्ष एवम् सांसद सिके राउतसँग पनि भेटवार्ता गरेका थिए।
Leave a Reply