Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विश्वप्रकाशको देउवालाई आग्रह - संसदीय दलको नेताको दाबी छाड्नू, तपाईंप्रतिको सम्मान बढ्नेछ

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई संसदीय दलको नेताको दाबी छोड्न आग्रह गरेका छन् ।

झापा निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित शर्माले बुधबार बिर्तामोडमा प्रेस युनियन झापाको पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् ।

उनले संसदीय दलको नेताको दौडबाट बाहिरिए पार्टी पंक्तिमा देउवाप्रतिको सम्मान बढेर जाने बताए ।

उनले कांग्रेसमा अबको नेतृत्व उमेरले नभई एजेण्डाले गर्नुपर्ने बताए । एजेण्डा युवा पुस्तामा रहेकाले पार्टी सभापति देउवालाई सम्मानजनक रुपमा आफूलाई संसदीय दलको प्रतिस्पर्धाबाट बाहिर राख्न शर्माले सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077