Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय [सूचीसहित]

काठमाडौं । सरकारले पोलियोभाइरसविरुद्धको खोपको ‘क्लिनिकल ट्रायललाई अनुमति प्रदान गर्ने निर्णय गरेको छ । यही मंसिर २० गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

यस्तै सरकारले नर्वे र फिनल्यान्ड सरकारबाट प्राप्त पाँच अर्ब रुपैयाँबढी अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

आज बुधवार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि फिनल्यान्ड र नर्वे सरकारबाट सहायता स्वीकार गर्ने निर्णय गरेको जानकारी दिए ।

उनका अनुसार फिनल्यान्डबाट प्राप्त हुने १९ मिलियन युरो झन्डै दुई अर्ब ५४ करोड र नर्वे सरकारबाट प्राप्त हुने झन्डै दुई अर्ब ५७ करोड रुपैयाँ बराबरको अनुदान सहायता सरकारले स्वीकार गरेको हो ।

त्यसैगरी सरकारले कर्मचारी सञ्चय कोषको प्रशासक पदमा जितेन्द्र धिताललाई नियुक्ति गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077