Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी अध्यक्ष प्रचण्डले चुनावमा गरे २२ लाख ६४ हजार रुपैयाँ खर्च

गोरखा । प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर–२ का विजयी उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन खर्च विवरण पेस गरेका छन् ।

निर्वाचनमा २२ लाख ६४ हजार पाँच सय रुपैयाँ खर्च भएको विवरण उनले जिल्ला निर्वाचन कार्यालयमा पेस गरेका हुन् ।

दाहालले मंसिर ४ मा सम्पन्न निर्वाचनको समयमा २२ लाख ६४ हजार पाँच सय रुपैयाँ खर्च भएको विवरण पेस गरेका छन्।

सवारी साधन खर्च, प्रचारप्रचार खर्च, सचिवालय व्यवस्थापन खर्चलगायतका शिर्षकमा खर्च भएको विवरण प्रचण्डले आफ्नो प्रतिनिधिको रुपमा भगवती भट्टमार्फत बुझाएका हुन्।

गोरखामा प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारी दिएकामध्ये ४९ जना उम्मेदवार थिए।

गोरखामा प्रतिनिधिसभा सदस्यका उम्मेदवारका लागि अधिकतम २९ लाख रुपैयाँ खर्च सीमा तोकिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077