Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्वोच्च अदालतमा फुलकोर्ट बैठक जारी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाभियोग प्रस्ताव निष्क्रिय भएको पत्र सर्वोच्च अदालतमा पुगेको छ।

संघीय संसद् सचिवालयको पत्र पुगेपछि अहिले सर्वोच्च अदालतको पूर्ण (फूल कोर्ट) बैठक सुरु भएको छ।

सर्वोच्च अदालत प्रशासनका एक अधिकारीका अनुसार पत्र पुगेपछि अहिले सबै न्यायाधीशहरु छलफलमा जुटेका छन्।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको अध्यक्षतामा बसिरहेको बैठकले गरेको निर्णयानुसार नै राणाले हाजिर लगाउन पाउने वा नपाउने भन्ने यकिन हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077