Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • महाभियोग निष्क्रिय भएको पत्र पाएपछि सर्वोच्च प्रवेश गरे चोलेन्द्र

    महाभियोग निष्क्रिय भएको पत्र पाएपछि सर्वोच्च प्रवेश गरे चोलेन्द्र

    अनलाइन नेपाल
  • बुधबार, २१ मंसिर २०७९
  • 825
    SHARES

    काठमाडौं । महाभियोग निष्क्रिय भएको पत्र पाएपछि चोलेन्द्र शमशेर जबरा प्रधानन्यायाधीशको हैसियतमा हाजिर हुन सर्वोच्च अदालत पुगेका छन् । ​

    संसद् सचिवालयका महासचिव डा.भरत गौतमबाट महाभियोग प्रस्ताव निष्क्रिय भएको जानकारीसहितको पत्र पाएपछि चोलेन्द्र सर्वोच्च प्रवेश गरेका हुन् ।



    आफूमाथि लागेको आरोपबाट क्लिनचिट पाएको र भोलि बिदा रहेकाले आजै सर्वोच्चमा हाजिर भएका छन् । उनको कार्यकाल यही मंसिर २७ गतेसम्म छ ।



    जबराविरुद्ध विभिन्न २१ आरोप लगाएर सत्तारुढ दलहरू कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले फागुन १ गते प्रतिनिधिसभामा महाभियोग दर्ता गराएका थिए । महाभियोग दर्ता भएपछि जबरा स्वतः निलम्बनमा परेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार