Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री देउवाको चुनाव खर्च २६ लाख १२ हजार

डडेल्धुरा । डडेल्धुराका उम्मेदवारहरुले मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा भएको खर्च विवरण बुझाएका छन् । डडेल्धुराका प्रत्यक्ष तर्फका २० मध्ये १४ जनाले खर्च विवरण बुझाएका हुन् ।

जसमा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि आफ्नो चुनाव खर्च विवरण आयोगलाई बुझाएका छन् ।

उनले चुनावमा २६ लाख १२ हजार खर्च गरेको विवरण निर्वाचन कार्यालयमा पेस गरेका हुन् । प्रचार सामाग्री छपाई, यातायात, खाना, सम्पर्क कार्यालय स्थापना र सञ्चालन लगायतका सात शिर्षकमा २६ लाख १२ हजार खर्च भएको उनले जिल्ला निर्वाचन कार्यालयमा बुझाए ।

यस्तै प्रतिनिधि सभातर्फ क्रमशः नेपाली कांग्रेस वीपीका उम्मेदवार कर्णबहादुर मल्लले १३ लाख ८ हजार, स्वतन्त्र उम्मेदवार कर्णबहादुर रावलले १ लाख १६ हजार, स्वतन्त्र उम्मेदवार विक्रमबहादुर शाहीले २ लाख २ हजार एक सय ९० र राप्रपा उम्मेदवार गोविन्द खडायतले ४ लाख ४० हजार निर्वाचनमा खर्च भएको विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाएका छन् ।

यस्तै, दुई प्रदेश निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा प्रदेशसभा तर्फका ८ जना उम्मेदवारले पनि निर्वाचनमा भएको खर्चको विवरण बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077