Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेताहरूको आलोपालोको गोप्य कागजको तमसुकले देश चल्दैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धनको सरकार बन्नेमा कुनै शंका नभएको बताएका छन् ।

नेपाली कांग्रेस विराटनगर महानगर कार्यसमितिद्वारा आयोजित गुरुराज घिमिरेको ‘बाटो बिराएको राजनीति’को विमोचन समारोहमा बोल्दै थापाले यस्तो बताएका हुन् ।

उनले भने, ‘सरकार गठबन्धनकै बन्छ । त्यसमा कुनै शंका छैन । गठबन्धनकै सरकार बनाउने भनेर चुनावमा गएका हौं । गठबधनको सरकार बनेपछि नेताहरुले निजी कम्पनी चलाएजस्तो पहिलाको जस्तै खासखास कानेखुसी गरेर तँ यो महिनासम्म,

तँ यो महिनासम्म भनेर कोठाभित्र कागजमा तमसुक गर्छन् । बाहिर भन्ने आँट गर्दैनन् । लुकाउँछन् । भित्रभित्र परिवारको सदस्यलाई म त बन्छु नि अबको मंसिरपछि भन्छन् । बाहिर भन्दैनन् । त्यही कुरामा अलि पछि बबण्डर गर्छन् ।’

सरकार बनाउन भन्दा सरकार बनाएपछि के गर्ने चिन्ता लिनुपर्ने उनले बताए । सरकारको कुनै निश्चित उद्देश्य नभएपछि काम गर्न नसकिने उनले बताए ।

गठबन्धनको सरकारले स्पष्टता दिनुपर्ने उनको भनाइ छ । उनले पाँच वर्षसम्म स्थिर सरकार बनाउनुपर्नेमा जोड दिए । गठबन्धन सरकारले समस्याको समाधान दिएर अगाडि बढ्ने उनको भनाइ छ ।

पार्टीभित्र कोही दाइ रिसाउँछ भनेर नभई इमानदारीपूर्वक पार्टी संगठन निर्माणमा लाग्न उनले नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077