Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तीनकुनेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु

काठमाडौं । काठमाडौंको तीनकुनेमा आज बिहान बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा झापा घर भई हाल भक्तपुरको चारदोबाटो बस्ने २५ वर्षीय रोमित रिजाल रहेका छन् ।

उनलाई उपचारको लागि सिभिल अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

घाइते भएका मोटरसाइकलमा पछाडि सवार सप्तरीको अग्निसायर गाउँपालिका घर भई हाल भक्तपुरको दुवाकोट बस्ने २२ वर्षीय उदित चौधरीको सोही अस्पतालमै उपचार भइरहेको छ ।

कोटेश्‍वरबाट सिनामङ्गलतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४८ ४० नम्बरको बसले बानेश्‍वरबाट कोटेश्‍वरतर्फ जाँदै गरेको बा८१प २७ ९९ नम्बरको मोटरसाइकललाई आज बिहान साढे ४ बजे ठक्कर दिएको थियो ।
दुवै सवारी साधनसहित बस चालक नियन्त्रणमा रहेको प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077