Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तोलामा ६०० रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट

काठमाडौं । सुनको मूल्य मंगलबार घटेको छ । सोमबारको तुलनामा मंगलबार तोलामा ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन तोलाको ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९८ हजार ८०० रुपैयाँ तोकिएको छ । सोमबार तेजावी सुनको मूल्य तोलाको ९९ हजार ४०० रुपैयाँ निर्धारण गरिएको थियो ।

मंगलबार चाँदीको मूल्य पनि ३५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य १३ सय ५० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077