Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माधव नेपाल सहित १४ सांसद विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं । सर्वोच्च अदालतले अघिल्लो प्रतिनिधिसभामा माधव नेपालसहितका १४ जना सांसदको पदसम्बन्धी विवादको सोमबार सुनुवाइ गर्दैछ ।

प्रतिनिधिसभाको कार्यकाल सकिइसकेपछि सर्वोच्चले उक्त मुद्दा सुनुवाइका लागि न्यायाधीश हरि फुयाल र डा. कुमार चुडालको इजलासमा तोकेको हो ।

०७८ भदौ १७ गते दायर भएका रिटमा हालसम्म १६ पटक पेसी तोकिएको छ। रिटमा प्रारमभिक सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासमा भएको थियो ।

प्रारम्भिक सुनुवाइ पछि माधव नेपालसहित १४ जनालाई कारबाही माग गर्दै परेको रिटमा १६ औँ पटक पेसीजबराको इजलासले कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई अन्तरिम आदेशको विषयमा छलफलका लागि उपस्थित हुन आदेश गरिएको थियो । सो पश्चात १५ पटक पेसी तोकिए पनि २ पटक मात्र सुनुवाइ भएको हो ।

०७८ फागुन २९ मा न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको इजलासले पूर्ण सुनवाइका लागि पेस गर्न आदेश दिए पनि हालसम्म सुनुवाइ स्थगीत हुँदै आएको छ ।

दायर भएको रिटमा नेकपा (एमाले)बाट निर्वाचित भएका सांसदले पार्टी त्याग गर्दै अर्को पार्टी नेकपा (एकीकृत समाजवादी) स्थापना गर्दा उनीहरुको सांसद पद जानु पर्ने भन्दै रिट दायर गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077