Online Nepal
  • बुधबार, १० पुष २०८१
  • अब उडिरहेको विमानबाट पनि मोबाइल फोन चलाउन दिइने

    अब उडिरहेको विमानबाट पनि मोबाइल फोन चलाउन दिइने

    अनलाइन नेपाल
  • सोमबार, १९ मंसिर २०७९
  • 1.1K
    SHARES

    file photo

    एजेन्सी । युरोपेली सङ्घमा आबद्ध देशभित्रका हवाई यात्रुले उडिरहेको विमानभित्र अब छिट्टै मोबाइल फोन चलाउन पाउने भएका छन् ।

    उडिरहेको जहाजमा पनि कम गतिको मोबाइल डेटासहित फाइभजी प्रविधि विमान सञ्चालकहरूले उपलब्ध गराउन सक्ने युरोपेली आयोगको भनाइ छ । त्यो व्यवस्था भएमा विमानका यात्रुहरूले आफ्नो मोबाइललाई फ्लाइट मोडमा राखिरहनु पर्दैन।



    युरोपेली सङ्घका सदस्य राष्ट्रहरूलाई विमानका लागि फाइभजी फ्रिक्वेन्सी उपलब्ध गराउन आगामी वर्षको जुन ३० सम्मको समय दिएको बताइएको छ। यो प्रविधिको विकास भएमा उडिरहेको विमानबाट पनि यात्रुले फोन गर्न सक्नेछन् ।



    युरोपेली आयोगले निश्चित फ्रिक्वेन्सीहरू विमानहरूका लागि सन् २००८ बाटै आरक्षित गरिसकेको छ । कतिपय विमान सेवाहरूले यसअघिबाटै उडानका क्रममा इन्टरनेट सेवा प्रदान गर्दै आएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार