Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुनको मूल्य लाख नजिक, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलाको लाख नजिक पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ४ सय रुपैयाँले बढ्दै ९९ हजार ९ सय रूपैयाँ पुगेको हो ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९९ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ४ सय रुपैयाँले नै बढ्दै ९९ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा तोलामा १५ रूपैयाँले बढ्दै आज १ हजार ३८५ रूपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077