दोलखा । दोलखामा नेकपा एमाले र माओवादी केन्द्रका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।
एमालेका बालकृष्ण शिवाकोटी र माओवादीका गंगा कार्कीबीच ३६ मतान्तरले कडा प्रतिस्पर्धा भइरहेको हो । शिवाकोटी माओवादीका कार्कीभन्दा ३६ मतले अगाडि छन् ।
शिवाकोटीले ३३ हजार ९३९ मत प्राप्त गरे । कार्कीले ३३ हजार ९०३ मत ल्याए ।
ओराङको मत गन्नुअघि कार्की ११४ मत अन्तरले अघि थिए । मत गणना अन्तिम चरणमा आइपुग्दा प्रतिस्पर्धा पनि रोचक बनेको छ ।
Leave a Reply