Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • विश्वकप लिग-२ : नेपाल स्कटल्याण्डसँग तीन विकेटले पराजित

    विश्वकप लिग-२ : नेपाल स्कटल्याण्डसँग तीन विकेटले पराजित

    अनलाइन नेपाल
  • आइतबार, १८ मंसिर २०७९
  • 735
    SHARES

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नामिबियामा जारी त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपाल पराजित भएको छ ।

    विन्डहक मैदानमा भएको खेलमा स्कटल्याण्डले नेपाललाई ३ विकेटले पराजित गरेको हो । नेपालले दिएको १३८ रनको लक्ष्य स्कटल्यान्डले ३२ ओभर १ बलमा पुरा गर्‍यो ।



    स्कटल्याण्डलाई जीत दिलाउन क्रिस्टोफर म्याकब्राइडले ४३ तथा ब्रान्डन म्याकमुलेनले नटआउट रहँदै ३२ रन बनाए । नेपालका लागि सागर ढकाल, गुल्सन झा र ललित राजवंशीले २–२ विकेट लिए ।​



    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० ओभर १ बलमा सबै विकेट गुमाउँदै केवल १३७ रन जोड्यो ।

    नेपालका लागि गुल्सन झाले सर्वाधिक २९ रन तथा ज्ञानेन्द्र मल्लले २५ रन, अर्जून साउदले १८ र रोहित पौडेलले १७ रन जोडे । स्कटल्याण्डका लागि क्रिस सोलले सर्वाधिक ३ विकेट लिए । मार्क वाटले २ विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार