चितवन । चितवनको कालिका नगरपालिका १ मा मृत गैंडा भेटिएको छ । चतुरमुखी सामुदायिक वनभित्र सडेगलेको अवस्थामा मृत गैंडा फेला परेको हो ।
गैंडालाई ६ महिना अगाडि चोरी शिकारीले मारेको हुनसक्ने आशंका डिभिजन वन कार्यालयले गरेको छ ।
गैंडाको खाग र खुर भेटिएको छैन । डिभिजन वन कार्यालय चितवनका अनुसार गैंडाको खप्पर र हड्डी मात्रै भेटिएको छ ।
डिभिजन वन र चितवन राष्ट्रिय निकुञ्जको टोली पुगेर पोष्टमार्टम गरेको थियो ।
Leave a Reply