Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रत्यक्षतर्फ १६४ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कांग्रेस ५७ सिटसहित पहिलो

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत् प्रत्यक्षतर्फ १६४ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक भएको मतपरिणामअनुसार सबैभन्दा धेरै नेपाली कांग्रेसले ५७ निर्वाचन क्षेत्र जितेको छ ।

कांग्रेसले निर्वाचनमा १६५ निर्वाचन मध्ये ९१ मा उम्मेदवारी दिएको मा ६२ प्रतिशत नतिजा निकालेको हो । पाँच दलीय गठबन्धनका साथ चुनावी गएको कांग्रेसले ३४ सिट भने गुमाएको छ ।

कांग्रेसले माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चालाई ७४ सिट छाडेको थियो । नेकपा एमालेले ४४ वटा निर्वाचन क्षेत्र जितेको छ ।

यस्तै, नेकपा माओवादी केन्द्रले १७ सिट जितेको छ । नेकपा एकीकृत समाजवादीले १० सिट जितेको छ । प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले ७/७ सिट जितेको छ ।

यस्तै, जनता समाजवादीले ७ सिट र लोकतान्त्रीक समाजवादी पार्टीले ४ सिट जितेको छ । नागरिक उन्मुक्ति पार्टीले ३, जनमत पार्टीले १ सिट जितेको छ ।

नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले १र१ सिट जित हासिल गरेका छन् । स्वतन्त्र ५ उम्मेदवारले जितेका छन् । अब दोलखामा मात्रै मतगणना जारी छ ।

सो क्षेत्रमा एमालेका बालकृष्ण सिवाकोटीको अग्रता छ । उनलाई माओवादी केन्द्रका माओवादी केन्द्रका गंगा कार्कीले पछ्याइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077