दोलखा । एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेको दोलखामा नेकपा एमालेले अग्रता बढाएको छ।
आइतबार बिहानबाट अग्रता लिन सुरू गरेको एमालेले पछिल्लो मत गणनामा अग्रता बढाएको हो।
यहाँ एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले १८६६३ मत पाउँदा नेकपा माओवादी केन्द्रका गंगा कार्कीले १६७३७ मत पाएका छन्।
निर्वाचन अधिकृतको कार्यालयकाअनुसार हालसम्म ४१ हजार ९ सय १८ मत गणना भइसकेको छ।
मतगणना जारी छ। यहाँ मंसिर ४ मा भएको मतदानका क्रममा केही केन्द्रमा धाँधली भएपछि बिहीबार पुन: मतदान गरिएको थियो।
Leave a Reply