काठमाडौं । दोलखाको प्रदेश सभा २ मा नेकपा एमालेका उम्मेदवार भरतबहादुर केसी निर्वाचित भएका छन् ।
भिमेश्वर नगरपालिकाका निर्वतमान मेयर समेत रहेका केसीले नेपाली कांग्रेसका जिल्ला सभापति बर्मा लामालाई हराउँदै प्रदेश सदस्यमा निर्वाचित भएका हुन् ।
केसीले १९ हजार ४१४ मत ल्याएका थिए भने कांग्रेसका लामाले १७ हजार ५९५ मत ल्याएका थिए । १८ सय ९ मतको अन्तरमा केसीले लामालाई पराजित गरेका हुन् ।
प्रतिनिधिसभा र प्रदेश सभा १ मा भने मतगणना भैरहेको छ । प्रदेश सभामा कांग्रेस उम्मेदवार कुन्दनराज काफ्लेको अग्रता रहेको छ ।
Leave a Reply