बाजुरा । बाजुराको प्रदेशसभा २ बाट नेपाली कांग्रेसका पदमबहादुर शाही विजयी भएका छन् ।
आइतबार बिहान सम्पन्न मतगणनाको परिणामअनुसार शाही २ हजार ५९८ मतान्तरसहित विजयी भएका हुन् । उनले २० हजार ११९ मत ल्याए ।
उनका निकतटम प्रतिस्पर्धी एमालेका लालबहादुर थापाले १७ हजार ५२१ मत प्राप्त गरे । शाहीले थापालाई २ हजार ५९८ मतान्तरले पछि पारेका हुन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका हिमालबहादुर शाहीले १२२ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार जनकबहादुर रावलले १५५ मत ल्याए ।
Leave a Reply