Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माधव नेपाल र कांग्रेस उपसभापति खड्काबीच भेटवार्ता, नयाँ सरकार गठनबारे छलफल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ ।

उपसभापति पूर्णबहादुर अध्यक्ष नेपाललाई भेट्न नेपालनिवास कोटेश्वर पुगेका हुन् । भेटमा निर्वाचनको समीक्षाका साथै वर्तमान सत्ता गठबन्धनलाई निरन्तरता दिने विषयमा छलफल भएको बताइएको छ ।

त्यस्तै सत्ता गठबन्धनमा अरु दललाई पनि सहभागी गराउने विषयमा पनि कुराकानी भएको उपसभापति खड्काको सचिवालयले जनाएको छ ।

यसैगरी भेटमा दुवै नेता प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा एक अर्कालाई बधाई आदानप्रदान गरेका थिए । यसअघि खड्काले गत बिहीबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग पनि भेट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077