बाजुरा । बाजुरा प्रदेशसभा १ मा नेकपा एकीकृत समाजवादीका नरेशकुमार शाही निर्वाचित भएका छन् ।
शाहीले नेकपा एमालेका बलदेव रेग्मीलाई २ हजार ३४१ मतले पछि पार्दै निर्वाचित भएका हुन् ।
शाहीले १० हजार ९७३ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी निवर्तमान प्रदेश सांसदसमेत रहेका रेग्मीले ८ हजार ६३२ मत ल्याए ।
यस्तै माओवादी केन्द्रका कर्णबहादुर विश्वकर्माले एक हजार ९८ मत ल्याउँदै तेस्रो भएका छन् ।
Leave a Reply