Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जिल्ला अस्पताल बैतडी सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट

बैतडी । जिल्ला अस्पताल बैतडी न्यूनतम सेवा मापदण्डमा सुदूरपश्चिममै उत्कृष्ट भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको स्थलगत अनुगमनमा सो अस्पताल उत्कृष्ट भएको हो ।

न्यूनतम सेवा मापदण्ड अनुगमनमा जिल्ला अस्पातलले ८९ प्रतिशत अङ्क ल्याएर प्रदेशकै प्रथम भएको अस्पतालका प्रमुख डा दिपेश श्रेष्ठले बताए। वर्षमा दुई पटक हुँदै आएको अनुगमनमा गत वर्ष उक्त अस्पतालले ६३ प्रतिशत अङ्क ल्याएको थियो। सो अस्पताल यही मङ्सिरमा गरेको अनुगमनमा ८९ प्रतिशत अङ्क ल्याउँदै प्रथम हुन सफल भएको हो।

विभिन्न मापदण्ड र सूचकका आधारमा अस्पताललाई अङ्क दिइएको जनाइएको छ। प्रशासन व्यवस्थान, क्लिनिकल सर्भिस, हस्पिटल सपोर्ट सिस्टममलाई आधार मानेर गरिएको अनुगमनमा प्रदेशकै प्रथम हुन सफल भएको अस्पतालका प्रमुख डाक्टर श्रेष्ठले बताए।

न्यूनतम सेवा मापदण्डमा उत्कृष्ट हुँदा आफूलाई निकै खुसी लागेको र अझै पनि अस्पतालको सेवालाई प्रभावकारी बनाउनेतर्फ लाग्ने अस्पतालले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077