Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मिडिया काउन्सिल मधेस प्रदेशका अध्यक्ष मृत फेला

काठमाडौं । मधेस प्रदेश मिडिया काउन्सिलको अध्यक्ष शिवहरि भट्टराईको निधन भएको छ ।

अध्यक्ष भट्टराई शुक्रबार नेपाल पत्रकार महासंघ सर्लाहीको साधारण सभामा पुगेका उनी आज बिहान होटलको कोठामा मृत भेटिएका हुन् ।

उनी समयमा कार्यक्रम स्थलमा नआइपुग्दा खोजतलास गरिएको थियो । पछि उनी बसेको होटलको कोठा जाँदा भित्रबाट चुकुल लागेको र चुकुल तोडेपछि बेडमै लडेको अवस्थामा भेटिएका हुन् ।

अध्यक्ष भट्टराईको मुखबाट रगत निस्किएको देखिएको छ । अन्दाजी ७० वर्षीय भट्टराई उच्च रक्तचापका रोगी थिए ।

उनी लामो समयदेखि सप्तरीबाट पत्रकारिता गर्दै आएका थिए । पछि मधेस प्रदेश सरकारले उनलाई मधेस प्रदेशको मिडिया काउन्सिलको अध्यक्षमा नियुक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077