Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • जन्ती बोकेको विङ्गर दुर्घटना : पाँच जनाको मृत्यु, ९ घाइते

    जन्ती बोकेको विङ्गर दुर्घटना : पाँच जनाको मृत्यु, ९ घाइते

    अनलाइन नेपाल
  • शनिबार, १७ मंसिर २०७९
  • 1.3K
    SHARES

    धनुषा । धनुषामा जन्ती बोकेको विङ्गर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

    महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किँदै गर्दा शनिबार बिहान साढे ४ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको बिरेन्द्र बजारमा बा १ ज ८३९६ नम्बरको विङ्गर दुर्घटना भएको हो ।



    जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मृत्यु हुनेमा तीन महिला, एक बालक र एक पुरुष छन् । पिपरा गाउँपालिकाका ११ वर्षीय बालक एसकुमार, धनुषाको मुखियापट्टी मुसहरनिया तुल्सीयाहीका ३५ वर्षीय रुवीकुमारी साह, १३ वर्षीया सृजन साह, १८ वर्षीया मञ्जु साह र सवारी चालक धनुषाको धनौजी गाउँपालिका-४ का २५ वर्षीय अब्दुल मन्सुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।



    घाइतेहरुको प्रादेशिक अस्पताल धनुषामा उपचार भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार