धनगढी । बाजुरामा प्रतिनिधि सभातर्फको मतगणना पुनः सुचारू भएको छ। मतदान अधिकृतले बनाएको मुचुल्का अनुसार नयाँ मुचुल्का बनाएर अगाडि बढ्ने सहमति भएपछि मतगणना सुचारु भएको हो ।
मुचुल्काभन्दा बढी मत भेटिएपछि विवाद हुँदा बिहान बिहानबाट प्रतिनिधिसभाको मतगणना रोकिएको थियो ।
बाजुराको प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनबाट कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे र एमालेका सुदूरपश्चिम सहइन्चार्ज कर्णबहादुर थापा उम्मेदवार छन् ।
मतगणना नरोकिएको भन्दाअघि कांग्रेसका पाण्डेले १११२ मतले अग्रता बनाएका थिए । पाण्डेले ५ हजार १०६ मत पाउँदा थापाले ३ हजार ९९४ मत प्राप्त गरेका छन् ।
Leave a Reply